कपीलवस्तुको वाणगंगा,सप्तरीको कन्चनरुपमा यात्रु बहाक बस र कैलालीको डोके बजारमा ट्याक्ट दुर्घटना

१४ बैशाख, नेपालगञ्ज/ काठमाडौँबाट धनगढी तर्फ जादै गरेको गरेको ना ७ ख ५१८७ नम्बरको बस शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपीलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना हुंदा १४ जना घाइते भएका छन्।

दुर्घटनामा परि बसमा सवार १४ यात्रु घाइते भएको घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ।

त्यसैगरि शनिबार बिहान नै कैलाली जिल्लाको धनगढी देखि कंचनपुरको बेलौरी तर्फ जन्ती बोकेर आउदै गरेको ट्याक्टरलाई सोही दिशाबाट आएको टिप्परले ठक्कर दिदा १ जनाको मृत्यु र १० जना घाइते भएका छन ।

शुक्रबार साझ ५ बजे तिर पुनर्वास नगरपालिका- ११, डोके बजारमा से १ त २०६७ नम्बरको ट्याक्टरलाई से १ क ९८८ नम्बरको टिपरले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रेक्टरमा सवार १ जनाको, मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन । मृत्यु हुनेमा बेलौरी नगरपालिका(४ कि रामकुमारी राना रहेको र अन्य १० जना जन्ती घाइते भएका त्रिभुवनबस्ती प्रहरीले जानकारी दिएको छ ।

घाइते १० जना मध्ये १ जना गम्भीर घाइतेलाई धनगढी स्थित सिपि अस्पतालमा उपचार भइरहेको छ भने अन्य ९ जना घाइतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर ट्रालीलाई ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले जानकारी दिनुभएको छ ।

बस अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीमा १ को मृत्यु, ८ घाइते

उता पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर ९ राजमार्गमा अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेर दुर्घटनामा परेको छ ।
उक्त बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
बसको ठक्करले कञ्चनरुप नगरपालिका–८ का करिब ६०।र६५ वर्षीय देवनारायण महतोको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा चियापसले कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डल सहित कञ्चनरुप–९ का ४५ वर्षिय सुनरलाल महतो, मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय कुलबहादुर महत, पाचँथर मिक्लाजुङ गाउँपालिका–५ का ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगञ्ज नगरपालिका २१ का ३७ वर्षीया शान्ती खड्का, उनका छोरा ४ वर्षीय सम्पूर्ण खड्का, अमलेखगञ्ज–२१ की लक्ष्मी गिरी र उनकी छोरी ७ वर्षीया आयुषा गिरी घाइते भएका छन्।

घाइते मध्ये चियापसले असर्फीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । ।