१५ वैशाख, दाङ/ दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुएको छ ।
एक महीना अघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसी लगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको छ ।
“लामो समयदेखि गाउँपालिकामा महामारीका रुपमा फैलिएको दादुरा अझै नियन्त्रणमा आउन सकेको छैन”, गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञ सहितको टोलीले छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”
राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाका अनुसार रोग नियन्त्रण तथा रोकथामका लागी यही वैशाख १६, १७ र १८ गते रोग प्रभाबित राजपुर गाउँपालिका वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ ।
वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजीकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुरा विरुद्धको खोप लगाउन लागिएको हो । उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका डा . पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा. भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदी लगायतको टोलीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
यसअघि पटक–पटक गाउँपालिकामा दादुरा विरुद्धको खोप लगाउने अभियान चले पनि उहाँहरुले बच्चालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भनाइ छ ।
राजपुर गाउँपालिका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा. उपाध्यायको टोलीले आठ जनाको नमूना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको थियो । गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस थियो ।
पूर्ण खोपयुक्त गाविस भएको ठहर गरेपछि गरिएको सर्वेक्षणमा सबैले खोप लगाएको भनिए पनि धेरै बालबालिका छुट्नु विडम्बना भएको डा. उपाध्यायले बताउनुभयो । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारीले राजपुरमा दादुरा देखिएकामध्ये अधिकांश खोप नपाएका बालबालिका रहेको बताउनुभयो । (रासस)
दादुरा
कारक तत्व
# भरिसेल्ला-जोस्टर भाइरसले निम्ताउने सुक्ष्म संक्रमण
# मुख्यत 12 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई प्रभाव पार्छ
# दादुराको संक्रमणपछि प्राय: जसो धेरै व्यक्तिहरूलाई जीवनकालीन प्रतिरोधात्मकको विकास हुन्छ
# भाइरस शरीरमा नदेखिनेगरी बस्न सक्छन् र हार्पेस जोस्टर (शिङ्गेल्स) को रूपमा धेरै वर्षपछि दोहोरिन सक्छ।
रोगका लक्षणहरू
ज्वरो आउने
चिलाउने छालाको बिबिराहरू जो सुरुवातमा समतल दागहरूको रूपमा देखा पर्छन् र पछि फोडाको रूपमा देखिन्छन्। फोडाहरू 3 देखि 4 दिनसम्म देखिन्छन् र अनि सुक्खा हुन्छन् र पाप्राको रूप लिन्छन्।
प्राय: 2 देखि 4 दिनमा निको हुन्छ।
दादुरा विरूद्ध खोप लगाइसकेका व्यक्तिहरूमा पनि दादुराको सङ्क्रमण हुन सक्छ (ब्रेकथ्रु रोग भनेर पनि चिनिन्छ)। चिकित्सकीय प्रस्तुति साधारणतया हलुका वा असामान्य हुन्छ। छालामा घाउ कम हुन्छ र कम अथवा बिना फोडासँग बिबिरा देखा पर्छन्। खोप नलगाएका व्यक्तिहरूको तुलनामा, यो रोगको अवधि छोटो हुन्छ।
सर्ने माध्यम
मुख्यत: खोक्दाका छिटा वा हावाबाट सर्ने सक्छ
संक्रमित व्यक्तिको फोडाबाट निक्लेका स्राव वा चिप्लो झिल्लीहरूसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ
इनक्युबेसन अवधि
१० देखि २१ दिन, प्राय:जसो १४ देखि १६ दिन
संक्रमणको अवधि
प्राय: बिबिरा देखिनुभन्दा 1 देखि 2 दिन अघि र फोडाहरू नसुक्दासम्म
अत्यधिक संक्रामक, विशेष गरी बिबिरा आउने प्रारम्भिक चरणमा
जटिलताहरू
घाउमा सहायक ब्याक्टेरियल संक्रमण हुनसक्छ
कमजोर प्रतिरक्षा भएका वा गर्भवती महिलाहरूलाई निमोनिया र इन्सेफलाइटिस जस्ता गम्भीर जटिलताहरूको सामान गर्नुपर्ने सम्भावना अत्यधिक हुन्छ
दादुरा भएका नवजात शिशुलाई गम्भीर रोगहरू लाग्नसक्छ र मृत्यु पनि हुनसक्छ
प्रारम्भिक गर्भावस्थाको संक्रमण भ्रुणको जन्मजात विसंगतिको कारणसँग सम्बन्धित हुनसक्छ
व्यवस्थापन
अवस्थाको बारेमा बुझ्न चिकित्सकसँग परामर्श लिनुहोस् र लक्षणहरूमा आराम पाउनका लागि औषधि सेवन गर्न स्वास्थ्य पेशेवरको सुझावको पालना गर्नुहोस्
ज्वरो आएमा, प्रशस्त मात्रामा पानी पिउनुहोस् र पर्याप्त मात्रामा आराम गर्नुहोस्
फोडाहरूमा नकोतरियोस भन्नका लागि सुत्ने समयमा सफा कटनका पञ्जा लगाउनुहोस्।
गर्भवती महिला र कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूको सम्पर्कमा नआउनुहोस्
बिरामी बालबालिकाहरू सबै फोडाहरू सुख्खा नहुँदासम्म घरमा बस्ने गर्नुपर्छ, संक्रमण हुनबाट अरूलाई जोगाउन प्राय: बिबिरा देखापरेपछि 1 हप्तासम्म विद्यालयबाट निकालिएको हुनुपर्छ।
अभिभावकहरूले बच्चाको अवस्थालाई नजिकबाट निरीक्षण गर्नुपर्छ। बच्चालाई निरन्तर ज्वरो आएमा, खान पिउन अस्वीकार गरेमा वा वान्ता गरेमा वा निद्रालु देखिएमा, तुरुन्तै चिकित्सकीय उपचार गराउनुहोस्।
घरका अन्य बालबालिकाहरूमा दादुराका संकेत र लक्षणहरू छन् वा छैनन् भनी नजिकबाट नियाल्नुहोस्।
रोकथाम
राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ कायम राख्नुहोस्।
हङकङमा दादुराको खोप उपलब्ध छ। खोप लगाएका करिब 90% व्यक्तिहरूले प्रतिरोधात्मक क्षमता प्राप्त गर्नेछन्
हङ्कङ बालबालिका प्रतिरक्षण कार्यक्रम अन्तर्गत, बालबालिकालाई 1 वर्षको उमेर र प्राथमिक 1 मा भरिसेला-युक्त दादुराको खोप दिइन्छ। आमाबुवाहरूले विस्तृत विवरणहरूकोको लागि पारिवारिक चिकित्सक वा मातृ तथा बाल स्वास्थ्य केन्द्रहरूमा परामर्श लिन सक्नुहुनेछ
हाम्रो संरचना । १५ बैशाख २०७६, आईतवार १०:३९