नेपालगञ्ज स्थित नेपाल-भारत सिमा नाका भोली बिहान देखी ३ दिन बन्द Updated..

२० बैशाख,नेपालगञ्ज/ भारतमा हुने लोक सभा निर्बाचनको बिषयलाई लिएर नेपाल–भारतको नेपालगञ्ज नजिक रहेको जमुनहा नाका बैशाख २१ गते शनिबार  देखी २४ गते  सम्म पूर्णरुपमा नाका बन्द गरिएको भारतिय सुरक्षा कर्मिहरुले जानकारी दिनुभएको छ ।

नेपाल–भारत सिमा नजिक भारत रुपैडिहाका थाना प्रभारी मधुप नाथ मिश्रका अनुसार भारतिय निर्बाचन आयोगको निर्देशन बमोजिम नेपाल –भारत सिमा नाका बन्द गरिने जानकारी दिनुभएको छ ।

नेपालमा पनि निर्बाचनको क्रममा नेपाल–भारत सिमा नाका बन्द गरिएकोमा अति आवश्यक परेका हकमा मतदानका दिन बाहेक अन्य दिनमा स्थानिय सुरक्षाकर्मिहरुको सहयोगमा आवत-जावतमा केही ब्यवस्ता गरिएको थियो ।

भारतिय लोक सभा निर्बाचनको लागी बिशेष गरि शनिबार सांझ ६ बजे देखी आईतबार  सांझ सम्म पुरै बन्द गरिने भारतिय पक्षले नेपाली स्थानिय प्रशासनहरुलाई जानकारी पनि गराई सकेको बताएको छ ।

भारतमा लोक सभा निर्बाचनको लागी भारतिय निर्बाचन आयोगले  ३६ राज्य तथा उप–राज्यका ५४३ वटा लोक सभा निर्बाचन सिटका लागी ७ चरणमा निर्बाचनको लागि मतदान मिति तोकेको छ ।

हाल सम्म ४ चरणका तोकिएका मिति अप्रिल ११, १८, २३ र २९ मा गरि ३७३ सिटमा मतदान सम्पन्न भइसकेको छ ।

५ औ चरणको निर्बाचनको क्रममा उत्तर प्रदेश बिहार लगायतका केही प्रदेशका ५१ वटा सिटमा मे ६ अर्थात बैशाख २३ गते मतदान हुने भारतिय निर्बाचन आयोगले कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । ५ औ चरणको निर्बाचन पछी छठौं चरणको मे १२ र सातौं चरणको मे १९ तारिखमा हुदैछ ।

भारतको लोक सभाका ३६ राज्य तथा उप–राज्यका कुल ५४३ सिट मध्य सबै भन्दा बढी सिट उत्तर प्रदेशमा ८० सिट रहेको छ ।

९ वटा निर्बाचण क्षेत्र नागाल्याण्ड, सिक्किम, मिजोरम, दादरा, चण्डीगढ, दमनदेउ, लक्ष्यदीप र पुण्यचेरीमा १/१ सिट रहेका छन । ति सबै लोक सभा निर्बाचनको मे २३ तारिखबाट मत गणना गरिने भारतिय निर्बाचन आयोले जनाएको छ ।

सच्याईएको……
भारतिय निर्बाचन आयोगको निर्देशन अनुसार ७२ घण्टा बोर्डर सिल गर्ने निर्णयलाई नेपाल तर्फबाट स्थानिय प्रशासन बांके र बर्दियाले बोर्डरमा आवात जावतमा सर्वसाधरणलाई कठिनाई हुने भन्दै बोर्डर बन्दको समयको घटाउन आग्रह गरेपछी भारतिय जिल्ला निर्बाचन परिचालन समितिले उक्त समय घटाएर ४८ घण्टा गराएको जसमा २१ गते शनिबार सांद्धm ६ बजे देखी सोमबार सां ६ बजे सम्म नेपाल भारत सिमा नाका बन्द रहने भारतिय पक्षले नेपाली पक्षलाई जानकारी गराएको छ ।