पाँचौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि


२२ बैशाख, काठमाण्डौं / नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबार देखि हुने भएको छ ।

प्रतियोगितामा ४० प्रतिस्पर्धामामा नेपालबाट ४ सय, भारतबाट १ सय ८० र बंगलादेशबाट १० गरी ५ सय ९० खेलाडीको सहभागिता रहने आयोजक ठमेल शाखा डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगिताका खेलहरु काठमाण्डौंको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । प्रतियोगिताका दौरान अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान पनि गरिने आयोजकले जनाएको छ ।