व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सी सहभागी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ काठमाण्डौंमा सोमबार देखि शुरु

Photo : File

२२ बैशाख, काठमाण्डौं/  नेपाल विज्ञापन संघ को आयोजनामा सोमबार देखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ काठमाण्डौंमा शुरु हुँदैछ । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् ।

सानेपाको फिल्ड फुटसलमा सोमबारदेखि २८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।
एक दिनमा दुई समूहको लिग चरणका खेलहरु सकिने छन् । दैनिक १२ वटा खेल हुने छन् । पहिलो दिन समूह जी र एचका खेलहरु हुने छन् ।

उद्घाटन खेलमा कान्तिपुर मिडिया ग्रुप र नयाँ पत्रिका भिड्ने छन् । समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेट र सर्वोत्म सिमेन्ट रहेका छन् ।
समूह बीमा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन् ।
त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल,अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् । समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे वैंक रहेका छन् ।
समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् ।
समूह जी मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यू एफ एक्स सिनेमा रहेका छन् । समूह एचमा कि एडभरर्टाजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् ।
वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशी’ ले जानकारी दिनुभएको छ ।
प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन र हस्पिटल पार्टनरको रुपमा मेडिसिटी अस्पताल रहेको छ । यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आईडिया एडभरटाईजिङ एण्ड मार्र्केटिङले गरेको छ ।