आज देखी नेपालगञ्जमा इस्लाम धर्मावलम्बीहरुको १ महिने लामो रोजा सुरु

बाँकेका मुस्लिम धर्मावलम्बी नेपालगञ्जको बिपी चौक स्थित इदगाहमा सामूहिक नमाज पाठ गर्दैको हो । रमजानको अन्तीम दिन यसरी नै इदगाहमा सामूहिक नमाज पाठ गर्ने प्रचलन रहि आएको पनि छ ।

२४ बैशाख, नेपालगञ्ज/  इस्लाम धर्मावलम्बीहरु मुस्लिमको पर्बहरु मध्य एक पर्व रमजान आज मंगलबार देखि सुरु भएको छ । एक महिना सम्म चल्ने यो पर्वमा मुस्लिमहरु दिनमा बर्त बस्ने गर्दछन ।

रोजा बस्न मुस्लिमहरुले हरेक दिन बिहान ३स्४३ बजे बाट बेलुका ६स्५० बजेसम्म केही पनि नखाएर बर्त बस्ने कार्यलाई रोजा भनिन्छ।

यो रमजान हिजरी संवत् १४४० रमजानको महिना नवौँ महिना हो। रमजान महिनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गर्ने गरिएको छ।

रमजान महिनामा गरिबलाई दान दिनु,दीन दुःखीलाई सेवा गर्नु तथा जकात सक्दो आर्थिक सहयो गर्नु वा  निकाल्नु यो महिनाको ठूलो विशेषता हो।  रमजान व्रत बस्न मंगलबार साँझ चन्द्रमा चांद दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ११ का मेराज सिदिकीका अनुसार रमजान महिना मस्लिमहरुका लागि लागि निकै महत्वपूर्ण महिना भएको र यो पर्वमा मुसलमानका धार्मिक ५ आधार स्तम्भमा मध्य हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ।

रमजान महिनामा शरीरलाई चोखो राखेर रोजा बस्ने गर्दछन । कुलतमा लागेका मानिस एक महिना सम्म इमान्दारी पूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा रक्सी लउडियाबाज लगायत अन्य नखाने चिज वा पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने मेराजको भनाइ छ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।
पश्चिम नेपालको प्रमुख नगरि नेपालगञ्जमा बाक्लो संख्यामा रहेका मस्लिमहरु रमजान महिनामा वर्त बसेर सांझ साम
हित तथा एकल केही खाएर रोजा खोल्ने प्रचलन रही आएको छ ।