उच्च अदालत तुल्सीपुरको नेपालगञ्जमा अख्तियारले गरेको स्टिङ अप्रेसनका ३ लाख घुस नै हरायो


२५ बैशाख, नेपालगञ्ज/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारी विरुद्ध ुस्टिङ अप्रेसनु गर्नेक्रममा उच्च अदालत नेपालगञ्ज स्टिङ अप्रेसनका लागि अख्तियारले दिएको ३ लाख रुपैयाँ नै हराएको पाइएको छ।

मुद्दा मिलाउन वकिलको ल फर्मबाट पक्राउ परेका उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासका टाईपिस्ट नायब सुब्बा पदमा कार्यरत कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्ति जारी गरेको थियो। तर अख्तियारले उक्त रकम पाठकसँग तत्काल फेला पार्न सकेको थिएन।

अख्तियारको बुटवल सम्पर्क कार्यालयले पाठकलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पाठकले मुद्दा जिताइदिने भन्दै घुस मागेपछि सेवाग्राही अख्तियारको कार्यालय पुगेका थिए। अदालतको मुद्दा मिलाउन एक कर्मचारीले घुस मागेको जानकारी गराएपछि स्टिङ अप्रेसन गराउन भन्दै फोटोकपी गरेर ३ लाख रुपैयाँ दिएको थियो।

अख्तियारको यही योजनाअनुसार अख्तियारको टोलीले सेवाग्रही र पाठकलाई निगरानी गर्न थाल्यो। टाईपिष्ट नासु पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लेनदेन गर्न नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्री लयर्स च्याम्बरमा पुगे।

सेवाग्राहीले पाठकलाई रकम दिए। त्यसको केही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लियो। तर पाठकसँग अख्तियारले रकम फेला पारेन। पछि थप अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको रहस्य पछी खुलेको थियो ।

अख्तियारको बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार नियन्त्रणमा लिएको कागज र पाठकलाई गराएर केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ।

वकिलको ल फर्म ९नेपालगञ्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर०बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ पर्नुले अदालत भित्र हुने भ्रष्टाचार र वकिलको संलग्नता बारेपनि अख्तियारले अनुसन्धान थालेको जनाएको छ।

थप अध्ययनका लागि पाठकलाई विशेष अदालतबाट १० दिनको म्याद थप भएको छ। यसअघि पाठक विशेष अदालतमै कार्यरत रहेका थिए। समयक्रममा उनी सोही अदालतमा भ्रष्टाचार मुद्दाको अभियुक्त भई आइपुगेका छन्।

यसअघि काठमाडौ जिल्ला अदालतका एक कर्मचारी रंगेहात घुस सहित पक्राउ परेका थिए। मुद्दा मिलाई दिने बहानामा कर्मचारी ट्रेड युनियनका नेता नै पक्राउ परेपछि न्यायाधीश समेत विवादमा तानिएका थिए।