पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको नन्दपुर बर्डफ्लूको चपेटमा

२६ बैशाख,नवलपरासी/  पूर्व-पश्चिम राजमार्ग छेउमा रहेको पूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका  वडा नम्बर २ नन्दपुरका पिताम्बर महतोले आफ्नो घरमा पालेको लोकल कुखुरामा बर्डफ्लू भेटिएको छ ।

मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा श्यामकृष्ण तिवारीका अनुसार पिताम्बर महतोले पालेका लोकल कुखुरा धमाधम मर्न थालेपछि उहांले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्क्षी ल्याबमा लग्नुभएको थियो ।

राष्ट्रिय पन्क्षी ल्याबमा गरिएको परिक्षणबाट कुखुरामा बर्डफ्लू भएको भएको पुष्टि भएको डाक्टर तिवारीले बताउनु भयो ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, गण्डकी प्रदेशकै पशुपन्छी विकास निर्देशनालय, पोखराको पशु पन्छी रोग अन्वेशण प्रयोगशाला, मध्यबिन्दु नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक टोलीको रोहवरमा कुखुरा पालक किसानको घरमा रहेको महतोको घरमा रहेका र अन्य छरछिमेकमा रहेका सबै कुखुरा, हाँस लगायतका पन्छी र पन्छीजन्य वस्तु नष्ट गरिएको छ ।

महतोको घरको दायाँबायँँका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको छ ।

त्यहा आसपासका क्षेत्रमा बर्डफ्लू भए–नभएको पत्ता लगाउनका महतोको घर आसपासका जिउँदा कुखुरा तथा हाँसहरुको नमूना संकलन गरि परीक्षणका लागि पठाएको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा. श्यामकृष्णले बताउनु भयो ।

सम्बन्धित शीर्षक