बांके/बर्दियामा भु-माफियाको चलखेल: नेपालगञ्जको बिपि चौकमा रहेको करोडौंको सरकारी जग्गा ब्यक्तीको नाममा दर्ता

नेपालगञ्ज/ नेपलगञ्जको मुख्य केन्द्र बिन्दू रहेको बिपि चौकमा रहेको ५ कटठा १७ धुर जग्गा स्थानिय जग्गाका माफिया सर्गनाका रुपमा हाल चर्चामा रहेका नेपालगञ्जका कौशल भनेर चिनिने खैरुल हसन अन्सारी र जुदैन अन्सारी अफनो आफन्तको नाममा जग्गा दर्ता गारएको पत्ता लागेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ बिपि चौक नजिकै रहेको युनुसको काठ मिल देखी उत्तरपटटी रहेको कित्ता नम्बर १४ मा रहेको ५ कटटठा १७ धुर जग्गा मालपोत कार्यालय बांकेमा कार्यरत केही कर्मचारीहरु समेत मिलेमतोमा उक्त जग्गाको मोठ श्रेस्ता दर्ता भएको छ ।

बिगत लामो समय देखी सरकारी जग्गाहरु खोजबीन गरि पुरानो दर्ता किताबहरुमा आफना मृतक वा जिवित आफन्तहरुको हकभोग रहेको दर्ता श्रेस्ताहरु उल्लेख गरि पछी हक भोग तथा हालसाबिक गर्न लागाएर जग्गाहरु आफनो नाममा गर्दे आएको पाइएको छ ।

नेपालगञ्जको बिपि चौकको रहेको ५ कटठा १७ धुर जग्गाको मालपोत कार्यालयबाट पुरानो जग्गा दर्ता गरिएका किताबहरु झिकी नेपालगञ्जको पुष्पलाल चौक नजिकै बस पार्क रोडमा रहेको दरबार होटलमा लगी उक्त जग्गा कित्ता नम्बर १४ को मोठ श्रेस्ता नम्बर १–घ ८४८ को कैफियतमा नक्कली रजिष्टेसन नम्बर का साथै उक्त जग्गा बिक्रम सम्वत २०२५ साल पुस ५ गते नेपालगञ्ज वडा नम्बर ३ का जग्गा माफिया सर्गना मध्यका एक जुनैद अन्सारीको सासु लाली मल्लको नाममा दर्ता गरिएको पाइएको छ ।

उक्त सरकारी जग्गाको पुरानो मोठमा दर्ता गर्न र सच्याउन मालपोत कार्यालय बांकेमा कौशल र जुनैद जग्गाको मोठ तथा मोही हेर्न भन्दै रातीको समयमा समेत गएर मालपोतका पुराना ढडडाहरु ह्ेर्ने, पल्टाउन,े खोज्ने कार्य गदै आएको र त्यसको लागी मालपोतका चौकीदार तथा सहयोगी अन्तराम चौधरीलाई पटके १००० देखी ३००० रुपैया दिने गरेको अन्तरामले बताएका छन ।

घटना क्रमले बांके बर्दियामा जग्गाका माफिया सर्गना मध्यका एक समूहमा रहेका कौशल र जुनैदले उक्त जग्गा जुनैदको सासु लाली मल्लको नाममा मोठ दर्ता गराइ सकेर उक्त जग्गाको हाल साबिक तथा नयां लालपुर्जाका लागि अन्सारी द्धयको मिलेमतोमा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षले मिति २०७५ साल भदौ ३ गते चलानी नम्बर ४० उल्लेख गरि सरकारी जग्गा दर्ताका लागी वडा कार्यालयले नै सिफारिस गरेको समेत पाइएको छ ।

सरकारी जग्गा दर्ताका लागि वडा कार्यालयले समेत सिफारिस गरेपछी काठमाण्डौंमा बसोबास गर्दे आउनु भएकी लाली मल्ललाई कुनै जानकारी नदिएर नेपालगञ्ज बस्ने उनकी छोरी गौरी मल्लको नामबाट जुनैद र कौशलले लाली मल्लको नाममा मोठ दर्ता गराईसकेको जग्गाको हालसाबिकको लागि निबेदन दिएका थिए ।

उक्त निबेदन कौशल र जुनैदले सुरुमा लेखनदास अशोक केसीलाई निवेदन तथा प्रकिया गरिदिन भनेपछी अशोकले सरकारी जग्गा दर्ता प्रकिया जस्तो शंका लागेर उक्त काम आफुले गर्न नसक्ने भनेर निवेदन नलेखेर छोडेको अशोकले जानकारी दिनुभएको छ । त्यसपछी उक्त जग्गाको मालपोतमा लेखनदासको काम बिरु खडकाले गरेका थिए ।

साबिक नगर पञ्चायत वडा नम्बर ३ को कित्ता नम्बर १४ मा रहेको ५ कटठा १७ धुर जग्गाको हालसाबिक प्रयोजनको लागि पुरानो श्रेस्ताको नक्कल पाउन भनी निवेदन दिएपछी मालपोतका सुब्बा मान बहादुर केसीले मिति २०७४ साल कार्तिक ७ गते उक्त जग्गा लाली मल्लको नाममा दर्ता रहेको प्रमाणित गरेर दिएका थिए ।

उक्त जग्गाको नक्कल प्रमाणित गरेर लिएको आधारमा जुनैदले वडा कार्यालयमा सिफारिस देखी जग्गाको हाल साबिक भिडाई पुर्जा प्राप्तीका लागि लाली मल्ललाई काठमाण्डौंबाट पेलेनमा झिकाएर नेपालगञ्जको रांझ स्थित एक होटलमा करीब १ हप्ता बसालेका थिए ।
उक्त जग्गाको बिषयमा जुनैद र कौशलले नेपालगञ्जमा हजुरको नाममा जग्गा दर्ता भएको भेटिएको र लालपुर्जा निकालेर छोरी गौरी मल्लको नाममा नामसारी गर्ने भनी खबर गरेर जुनैदको सासु तथा गौरी मल्लकी आमा लाली मल्ललाई काठमाण्डौंबाट बोलाएका थिए ।
मालपोत कार्यालय बांकेबाट सरकारी ढडडामा जग्गाको अभिलेख कृतिम रुपमा पहिल्य नै सबै मिलाई सकेपछी पछी लाली मल्लको नामबाट दिएको निबेदनमा मिति २०७४ साल कार्तिक १७ गते जग्गाको हालसाबिक भिडाई जग्गाको नामसारी र पुर्जाका लागि मालपोत कार्यालयमा बिधिवत निबेदन दर्ता भएर प्रक्रिया अगाढी बढेको पाइन्छ ।

प्रक्रियाकै क्रममा पहिल्य नै कृतिम रुपमा तयार पारिएको मोठ देखी सम्पूर्ण मिलेपछी जग्गाको बास्तबिक क्षेत्रफलका लागी मालपोत कार्यालयबाट नापी कार्यालयमा नापी प्रमाणित गरिदिन निबेदन दिएपछी उक्त नक्कली जग्गा दर्ताको राज कुलेको हो ।

मालपोतले निवेदकको निवेदन बमोजिम जग्गाको हालसाबिक भिडाई पुर्जाका लागि जग्गाको बास्तबिक नाप जोख गरिदिन पठाएको निबेदनमा नापीले शंका  लागी उक्त जग्गा दर्ताको सक्कल मिसिलको नक्कल पाठाइदिन आग्रह गरिेको थियो ।

उक्त जग्गा दर्ता गर्दाको मिसिल माग गरेर प्रक्रिया बुझन खोज्दा जग्गा माफियाले नापी कार्यालयबाट काम नगरिदिएको भन्दै नेपालगञ्ज स्थित अख्तियारका हाल काबाृही प्रक्रियामा रहेका ब्यक्तीलाई ल्याएर किन काम नगरिदिएको काम गरिदिनुस भन्न समेत लगाएका थिए ।
नापीले सरकारी जग्गा दर्ता हुन लागेको शैका लागेर एक पछी अर्को कागज माग गरेर नापी नगरिदिएपछी हैरान भएका जुनैद र कौशल बीच सिक्टाको जग्गा दर्ता पछी उक्त जग्गा दृष्टि बन्धक गरेर प्राप्त गरेको ३० कौशलले चलाएको र जुनैदको रु ७ लाख खर्च गरेको बिपि चौकको जग्गाको लालपुर्जा ननिस्कने भएपछी दुबै जान बीच मनमुटाउ आपसी बिवाद बढेको पाइएको छ ।
बिपि चौक नजिक रहेको उक्च जग्गाको मुल्य करोडौंको भएपनी उक्त जग्गाको लालपुर्जा जग्गा दलाले लिन भने हाल रोकिएको अवस्था रहेको छ ।