नेपालगञ्ज स्थित अख्तियारद्वारा ५ लाख घुस सहित २ जना पक्राउ

२९ बैशाख, नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित कार्यालयले आईतबार दिउसो २ जना सामूदायिक बन उपभोक्ता कर्मिहरुलाई ५ लाख नगद सहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार बांकेको कोहलपुर देखी ५७ किमी पूर्वमा पर्ने राप्ती सोनारी गाउंपालीका वडा नम्बर १ खाशकुश्मा स्थित बैरिया बजारको एक पसल छेउमा घुस रकम लिईरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात नगद रु ५ लाख घुस रकम लिईरहको अवस्थामा पक्राउ गरेको हो ।

बांकेको खाशकुशमा स्थित लामीडांडा सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दीपक खुनाले सामूदायिक बनको कटान मुछान गरिएको काठको टेण्डर पारिदिने भन्दै एक ठेकेदारबाट पैसा माग गरिरहेको जानकारीको आधारमा अख्तियारले कार्यालयबाट खटाएको बिशेष स्टिंग अपरेसन टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएका ब्यक्ती तथा घटनाका सम्वन्धका आवश्यक थप अनुसन्धान गरि कार्बाही प्रक्रियाका लागी अभियुक्तहरुलाई काठमाण्डौं पठाइएको छ ।

सम्बन्धित शीर्षक