गजुरीको बन्छेटारबाट बस त्रिशूलीमा खस्यो: ५ जनाको मृत्यु, २८ घाइते

Photo : हरिहरसिंह राठौर

५ जेठ,धादिङ/  झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु बहाक बस आइतबार बिहान धादिङ जिल्लाको गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भने २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका धादिगका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनु भएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थ पोष्टहरुमा उपचार भइरहेको छ ।