बांकेको कारकादो, शिवपुरी, राप्ती पारिको सोताबाट तस्करीका समान बरामद

११ बैशाख, नेपालगञ्ज/ नेपाल–भारत सिमाना क्षेत्रहरुबाट अवैध रुपमा समानहरु तस्करीको बिषयमा हाम्रो संरचना अनलाईनमा समाचार प्रकाशित भएपछी जिल्ला प्रहरी कार्यालय बांकेले सिमाना क्षेत्रमा बिशेष निगरानी बढाएर धमाधम तस्करीका समानहरु पक्राउ गरेको घटना सार्वजनिक भएका छन ।

जिल्ला प्रहरी कार्यालय बांकेले शुक्रबार बांकेको राप्ती पारि सोता भन्ने ठाउंबाट नेपालबाट भारत तर्फ तस्करी गर्ने उदेश्यले लगिएको करीब ३ लाख रुपैया बराबरको ३० क्वीन्टल केराउ पक्राउ गरि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

नेपालगञ्जबाट राप्ती पारि सुइया जादै गरेको भे १ ख १५५५ नम्बरको बस राप्ती पारि नरैनापुर गाउंपालीका वडा नम्बर ४ सोता भन्ने ठाउंमा चेक जांच गर्ने क्रममा अन्दाजी ३ लाख रुपैयाको ३० क्वीन्टल केराउ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बांके मार्फत आवश्यक कार्बाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

त्यसै गरि पछील्लो केही दिन यता तस्करीका समान रोक्ने क्रममा जनपद प्रहरीले नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर १८ स्थित कारकादोबाट भारतबाट भन्सार छली गरि नेपाल भित्रयाएको चिसो पेय पदार्थ, चिनी, महेश दालमोट एवम सूर्ति पक्राउ गरि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

त्यसैगरि बिहिबार नै इलाका प्रहरी कार्यालय बनकटटी क बाट खटिएको प्रहरीले बांकेको डुडुवा गाउंपालिका वडा नम्बर ४ स्थित राप्ती नदिबाट अबैधरुपमा उत्खनन गरि बालुवा जन्य समान तस्करी गरि नेपालगञ्ज तर्फ ल्याउने क्रममा भे १ त ६११६, १६०३ ५२८० र ४८५२ नम्बरको टयाक्टर नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।

त्यसै गरि गत बिहिबार जिल्ला प्रहरी कार्यालय बांकेले नेपालगञ्ज देखी पश्मि क्षेत्रबाट २८ वटा खशि बरामद गरेको छ । लपछील्लो पटक नेपाल सरकारले नेपाल मासुमा आत्मनिर्भर रहेको र ल्याउनै परे बिधि पु–याएर ल्याउन कडाई गरेका कारण भारतबाट नेपाल तर्फ खशि तस्करी गरेर ल्याउने क्रममा गत बुधबार जानकी गाउंपालिका वडा नम्बर १ शिवपुरीमा करीब ४ लाख १५ हजार रुपैया बराबरको २८ वटा खशि पक्राउ गरि आवश्यक कार्बाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

सिमाना क्षेत्रमा पक्राउ गरेको अबैध समान प्रहरीले आवश्यक कार्बाही लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाउने गरेको छ । तस्करी नियन्त्रण प्रभावकारी नभएको समाचार प्रकाशित भएपछी पछील्लो पटक बांके प्रहरीले लामो समयको अन्र्तरालमाअन्तरमा लगातार ३ दिन तस्करीका समान पक्राउ गरेको छ भने तस्करी नियन्त्रणका लागि नेपाल सरकारले सिमाना क्षेत्र तथा भन्सारमा शसस्त्र प्रहरीलाई राजश्व गस्तिकै रुपमा परिभचालित गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयमा पनि नक्कली बिल भर्पाहीका आधारमा दलाल र मास्टर साहब समेत कर्मचारीहरु मिलेर नक्कली प्रज्ञापन पत्र तयार पारि ठुलो मात्रामा राजश्व छली भैरहेको घटना यस अघि पहिलो पटक हाम्रो संरचनाले समाचार प्रकाशित गरेपछी राज्यका निकायबाट गरिएको छानबीनबाट नेपागञ्ज भन्सार कार्यालयका कर्मचारी र दलालहरु हाल केही खोरमा र केही कार्बाही प्रक्रियामा रहेका छन ।