१५ जेष्ठ,नेपालगञ्ज/ गणतन्त्र दिवसको अवसर पारेर ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेर आज बुधबार छुटेका छन् ।
मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गरिएको हो ।
कानुन अनुसार राष्ट्रिय उत्सवका दिन गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी गम्भीर प्रकृतिको अपराधमा सजाय भोगिरहेका बाहेकको बाँकी सजाय मन्त्रि परिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी दिन सकिने ब्यवस्था रहेको छ ।
उपत्यका बाहिर धेरै कैदी रहने नेपालगञ्ज स्थित नेपालगञ्ज कारागारबाट गणतन्त्र दिवश २०७६ को अवसरमा केन्द्रिय कागारबाट १२ जना कैदी जिवनको बांकी दिनहरुको माफि दिएर कैद मुक्त गरिएको छ ।
हाम्रो संरचना । १५ जेष्ठ २०७६, बुधबार ०९:२१