बजेटमा करको दायरा बढाए संगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

१६ जेठ, काठमाडौं /  सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले राति १० बजे मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो। निगमका उपनिर्देशक विनितमणि उपाध्यायकाअनुसार बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको छ।