१७ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र गुल्मीको धुर्कोट गाउँपालिकामा सुरु भएको छ । शुक्रबारदेखि सो गाउँपालिकामा कार्यक्रम सुरु भएको हो ।
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलका अनुसार १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ ।
उनका अनुसार स्वास्थमा ४, शिक्षण संस्थामा १३, कृषि र पशुपालनमा १५ , सिञ्चाईमा १५ र विद्युतमा ७, खानेपानी मर्मतमा १५ र सडक मर्मतमा ८१ जना रहेका छन् ।
हाम्रो संरचना । १७ जेष्ठ २०७६, शुक्रबार १७:४१