१७ जेष्ठ, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तान १०५ रनमै अल आउट भएको छ । वेस्ट इन्डिजसामु कमजोर देखिएको पाकिस्तान २१.४ ओभरमा नै अलआउट भएको हो ।
वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । ओपनर इमाम उल हक दुई रन बनाउँदा आउट भएदेखि नै पाकिस्तानी टीम सम्हालिन सकेन ।
७० रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाएको पाकिस्तानले फखर जमान २२ रन, इमामउल हक २ रन, हरिस सोहेल ८ रन र बाबर आजम २२ रन बनाएर आउट भए ।
फखर र हरिसलाई आन्द्रे रसेलले पवेलियन फर्काए । यस्तै, इमामलाई सेल्ड्रोन केट्रोलले र बाबरलाई ओसेन थोमसले आउट गर्न सफल भए ।
वेस्ट इन्डिजका ज्यासन होल्डरले ३, ओशेन थोमसले ४, एन्ड्रे रसेलले २ साथै सेल्डन कोटरेलले १ विकेट लिए ।
केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजको ब्याटिङ सुरु हुनेछ ।
हाम्रो संरचना । १७ जेष्ठ २०७६, शुक्रबार १७:५२