नवलपरासी र अर्घाखाँचीमा हावाहुरी: १ बालिकाको मृत्यु, बिधुत र टेलीफोन सेवा अवरुद्ध


२० जेष्ठ, नेपालगञ्ज/ हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १ बालिकाको मृत्यु भएको छ।
आइतबार साँझ आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभएको छ।

घरकोजस्ता पाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो। हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्ति समेत सँम्ँनइ घाइते भएक छन्।

हावाहुरीले विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करिब ८० घरमा क्षति पु-याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिनुभएको छ । हावाहुरीका कारण नेपाल-भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।

त्यसैगरि हावा हुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका २ दर्जन भन्दा बढी घरमा क्षति पु-याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ। सोमबार बिहानै देखि क्षति पुगेको ठाउँमा प्रहरीको टोली सूचना संकलनमा खटिएको छ। हावाहुरीले अधिकांश घरको छानो उडाएको, बिधुत, टेलीकमको पोल ढलेकोले बिधुत र टेलीफोन सेवा समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।