काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि डेनमार्क गएका छन् । हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि डेनमार्कमा गएका हुन् ।
उपसभापति निधि डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी) को निम्तोमा कोपनहेगन जाने निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा यही जुन ४ मा हुने निर्वाचनको अघिल्लो दिन स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले त्यहाँका मतदाता, युवा, महिलालगायतका समूहसँग भेटेर कुराकानी गर्नुहुनेछ ।
निर्वाचनको दिन मतदानस्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको र त्यसको भोलिपल्ट राजनीतिक दलका नेतासँग अन्तक्र्रिया गर्नुहुने सचिवालयले जनाएको छ । डेनमार्क बाहिर डीआइपीडीको नेपाल पहिलो सदस्य मुलुक हो ।
जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलको प्रतिनिधित्वसहित सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
हाम्रो संरचना । २० जेष्ठ २०७६, सोमबार १४:५०