हाम्रो संरचना मङ्लबार, कार्तिक २, २०७८ 402 Views

२१ जेष्ठ, दाङ । दाङमा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । आज बिहान राजपुर गाउँपालिका–४ मोतिपुरकी १७ वर्षीया प्रमिला यादवलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार बिहान स्कूल जाने क्रममा घरबाट निस्किने क्रममा सर्पले डसेको र यादवको उपचारका क्रममा सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा मृत्यु भएको हो । विद्यालय जानलाई गोठबाट साइकल निकाल्ने क्रममा सर्पले डसेको थियो । यादव राजपुर गाउँपालिका–३ स्थित शङ्कर मावि खदरियामा कक्षा १० मा अध्ययनरत थिइन् ।