हाम्रो संरचना मङ्लबार, कार्तिक २, २०७८ 345 Views

३१ जेष्ठ, सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उहाँकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लानुभएको थियो ।

अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताउनुभयो ।

आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिनुभयो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।