३१ जेष्ठ, नेपालगंज । बर्दियाकी एक महिलालाई नेपाल–भारत सीमा प्रहरीले उद्धार गरेको छ ।
महिलालाई भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा नं २ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट पक्राउ गरी मानव बेचविखन मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।
ती महिलालाई ललाइफकाई बेचबिखनका लागि लैजाने क्रममा अर्का एक जनालाई समेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
हाम्रो संरचना । ३१ जेष्ठ २०७६, शुक्रबार ०८:३२