चट्याङको झिल्कोले गाउँ सखाप

३१ जेष्ठ, बाँके /  बाँकेको  छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् ।

स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो । मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाबाट प्रहरी सहायक निरीक्षक कवीन्द्र कठायतको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो ।