हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 302 Views

३२ जेष्ठ, हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।

खार्पुनाथ गाउँपालिकाले खटाएको शिक्षक र स्थायी शिक्षकसमेत विद्यालयमा नियमित उपस्थित नभएपछि विद्यार्थी अभिभावकले बिहीबार विद्यालय तालाबन्दी गरेको शङ्कर आधारभूत विद्यालय कक्षा ८ मा अध्ययन गर्ने विष्णुदेवी रावलले जानकारी दिनुभयो ।

छात्रा रावलका अनुसार नयाँ शैक्षिक शत्र शुरु भएको एक महीनापछि विद्यालयमा नैतिक, सामाजिक गणित, विज्ञान, विषयको पठनपाठन नभएको जानकारी दिनुभयो । उता विद्यालयका प्रअ भने विद्यालयमा गाउँपालिकाले शिक्षक खटाएता पनि काजमा गएका कारणले र विद्यालयमा शिक्षक नभएकाले पठनपाठनमा केही समस्या आएको प्रधानाध्यापक वीर्खबहादुर छत्यालले बताउनुभयो ।