मध्यरातमा विप्लवलाई आईलाग्यो यस्तो बज्रपात !

१ असार, काठमाडौं / उच्च अदालत पोखराबाट रिहाइको आदेश पाएका नेत्रविक्रम चन्द विप्लव समूहका ९ कार्यकर्तालाई प्रहरीले बिहीबार मध्यरातमा पक्राउ गरेको छ ।

उच्चले उनीहरुलाई बिहीबार दिउँसो रिहा आदेश गरेको थियो । रिहा आदेशपछि पनि पक्राउ पर्ने डरले उनीहरु अदालतभित्र रहेको बार एसोसियसनको हलमा बसेका थिए । तर प्रहरीले राति उनीहरुलाई त्यहीबाट समातेको हो ।

कास्कीको घान्दु्रबाट २५ गते शनिबार पक्राउ परेका उनीहरुलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा परेको थियो । कास्की जिल्ला अदालत र प्रहरीलाई विपक्षी बनाएर परेको रिटमा उच्चले ती कार्यकर्तालाई उपस्थित गराउन आदेश गरेको थियो ।

उपस्थित गराएकै दिन उच्चले रिहाको आदेश दिएको थियो । गेटबाहिर प्रहरीले ढुकेपछि ती कार्यकर्ता भित्रै बसेका थिए । प्रहरी जस्केलाबाट पसेर नेपाल बार एसोसियसनको हलमा बसेका विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।