१६ वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै प्रशासन कार्यालय घेराउ

२ असार,बाँके /  बाँकेमा मधेसी समुदायका केही महिलाले १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

जिल्लामा बाल विवाह विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामुलक अभियान सञ्चालन गरिरहेका भएपनि महिलाहरुले १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग राखेका हुन् ।

जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वमा महिलाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । २० वर्ष पुरा गरेका छोराछोरीको विवाह गर्न खर्चले नधान्ने भएको कारण कानुन नै संसोधान गर्न माग गदै हामीहरु प्रशासन कार्यालय आएका हौं, मिश्रले भने ।

मिश्रले मधेसी समुदाय गरिब र विपन्न भएका कारण २० वर्ष पूरा भएपछि विवाह गर्दा लाग्ने दाइजो र खर्च धान्न नसक्ने भएकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको जिकिर गरे ।

कानुन विपरित गएर बिवाह गर्दा मुद्दा खेप्नुपर्ने भएकाले आन्दोलनमार्फत १६ वर्षपछि बिहे गर्न पाउनुपर्ने कानुन ल्याउन दबाब दिन खोजेको आन्दोलनकारीहरुको तर्क छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने २० वर्षभन्दा कम उमेरमा बिहे गरे कानुन लाग्ने भन्दै धर्नामा आएका महिलालाई सचेत बन्न आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।