हृदयघात हुनुअघि यस्ता लक्षण देखापर्छन्

३ असार, काठमाडौं  / शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ। यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो।

मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ। त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन्।

कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।