४ असार, सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जिप दुर्घटनामा बेपत्ता हुनुभएका खार्पुनाथ गाँउपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ ।
खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछु ।” उहाँले दुर्घटनामा परी बेपत्ता हुनुभएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गर्नुभएको छ । त्यस्तै, दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
त्यसका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसो १२ बजे लु१ज ७१६६ नंको जिप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयवासी जनाएका छन् ।
हाम्रो संरचना । ४ असार २०७६, बुधबार ०७:५८