हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 545 Views

४ असार, काठमाडौं / अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन ६ महिनापछि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयात नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ ९एमडीएमएस० जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ।

योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएको छ ।प्राधिकरणले अवैधरूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा ९एम० एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।