हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 369 Views

५ असार, हुम्ला / कर्णाली नदीमा खसेको जिप दुर्घटनामा स्थानीयवासीले उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला नदी किनारमा भेटाएका छन्।

दुर्घटनामा परेकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ नगद, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटना भएको तीन दिनसम्म पनी कर्णाली नदीमा खसेको जिप अझै फेला पर्न सकेको छैन । जिप र बेपत्ताको खोजि कार्यका लागी मंगलबार राजधानी काठमाडौंबाट गोताखोरको टोलीले दुई दिन लगातार खोज्दा पनि जिप र यात्रुहरु भेटिन सकेका छैनन् ।

मङ्गलबार दिउँसो साढे १२ बजे जिप दुर्घटना भएको थियो । त्यसको एक घण्टापछि नेपाली सेना, र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । मंगलबार दिउँसोदेखि विहीबार विहानसम्म बेपत्ता यात्रु र जीप फेला पर्न सकेको छैन ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिप दुर्घटना भएको थियो । कर्णाली नदीमा खसेको जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १० यात्रृ रहेका थिए । पानीको बहाव बढी भएका कारण खोजिकार्य सफल हुन नसकेको प्रहरीले जनाएको छ ।