नेपालगञ्ज रंगशालामा १९ करोडको लागतमा १२ बर्ष देखी निर्माणधिन स्वीमिंग कम्पलेक्स उदघाटन

६ असार, नेपालगञ्ज/  १९ करोडको लागतमा १२ बर्ष अगाढी देखी नेपालगञ्जको रंगशाला परिसरमा निर्माण सुरु गरिएको स्वीमिंग कम्पलेक्सको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एक समारोह बीच उदघाटन गर्नु भएको छ ।

नेपालगञ्जमा हुने प्रचण्ड गर्मिको समयमा सर्वसाधरणहरुको समेत सर्वशुलभ तरिकाले पौडी खेल्न सक्ने गरि निर्माण गरिएको उक्त पौडी बिगत १२ बर्ष देखी निर्माण कार्य अगाढी बढे पनि हालै सम्पन्न ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व सध्यामा बजेटको ब्यवस्था गरेर निर्माण कार्यलाई अगाढी बढाईएको थियो ।

स्वीमिंगका प्रि प्रशिक्षण तथा केही प्रतियोगिता गर्न मिल्ने गरि निर्माण गरिएको उक्त स्वीमिंग कम्पलेक्समा करीब ३ करोडको प्याराफिट, डिप बोरिंग, अध्याधुनिक पानी सुद्धिकरण गर्ने उपकरण, रेष्टुरेन्ट लगायतको सुबिधा रहेको छ ।
स्वीमिंग कम्पलेक्स सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदले स्थानिय सर्वसाधरणहरुलाई सहज पहुच र अपनत्व ग्रहण गर्ने गरि स्वीमिंग कम्पलेक्स सञ्चालनका लागि आवश्यक पर्ने रकमका लागि न्यूनतम शुल्कमा प्रबेश गर्ने गरि ब्यवस्थापन गर्ने तयारि गरेको जनाएको छ ।

समूहमा आउने बिद्यार्थीहरुका लागि बिशेष छुट सहित र साना उमेरका लागि प्रति ब्यक्ती प्रति २ घण्टाका सिप्टमा रु १०० र ठुला ब्यक्तीका लागि रु १५० रुपैया टिकट राखेर स्वीमिंग कम्पलेक्स सञ्चालनमा ल्याउने तयारि गरिरहेको राष्ट्रिय खेलकुद परिषद ५ नम्बर प्रदेशका अध्यक्ष भिम वलीले बताउनु भएको छ ।
स्वीमिंग बिहान ८ बजे देखी सांझ ८ बजे सम्म सञ्चालन गर्न हाल राष्ट्रिय खेलकुद परिषदका स्थानिय कर्मचारि र ६ जना लाईसेन्स प्राप्त स्वीमिंग प्रशिक्षक करारमा नियुक्त गरिने भएको छ ।

स्वीमिंग उदघाटन भएपछी पहिलो पटक नेपाली सेनाको पृतनापती स्वीमिंग प्रतियोगिता यहि आउदो हप्तामा सञ्चान हुने गरि नेपाली सेनाले स्वीमिंगका लागि परिषदलाई स्वीमिंग कम्पलेक्सका लागि अनुरोध गरेको छ ।

परिषदका प्राबिधिक र निर्माण पक्ष स्वीमिंग गुणस्तर बिषमा छलफल गर्दै
नेपालगञ्ज रंगशाला परिसरमा निर्माण गरिएको स्वीमिंग कम्पलेक्सको सर्वसाधरणबाट अवलोकन गर्दै