६ असार, बझाङ / १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ ।
जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौँ रकम खर्चिएको थियो ।
२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
हाम्रो संरचना । ६ असार २०७६, शुक्रबार ०९:२९