गद्दी बैठक खुला गर्ने तयारी

११ असार, काठमाडौं /  वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ । हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्रयोजनविहीन अवस्थामा राखिरहनुभन्दा इन्द्रजात्राका दिनबाहेक सर्वसाधारणका लागि खुला गर्नु उपयुक्त हुने बताउँदै भन्नुभयो, “आगामी इन्द्रजात्राभन्दा अगाडि अवलोकनका लागि खुला गर्ने योजना बनाएका छौँ । ”

गद्दी बैठक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकी सहयोगमा सबलीकरण गरिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।