११ असार, काठमाडौं / उपप्रमुखको कार्यकक्षको झुलमा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन् । खासमा उनी उप-प्रमुखका स्वकीय सचिव हुन् । बर्दियाको बाँसगढी नगरपालिकाकी उप-प्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए ।
उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् । छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाज सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो ।
उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन् । स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन ।
आन्तरिक श्रोतबाट तलब दिने गरी खरिदार सरहको दरबन्दी सिर्जना गरिएको छ। त्यसका लागि मासिक २३ हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिइन्छ। कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
हाम्रो संरचना । ११ असार २०७६, बुधबार ०८:०८