सिरिन्ज आक्रमण गर्ने एक पक्राउ, बयान सुन्दा प्रहरी नै चकित

१३ असार, काठमाडौं / काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो ।

कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् । काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डीएस्पी होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । बोगटीले सो घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।