१७ असार, बैतडी / बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् ।
वडा कार्यालयसम्म पुग्ने रेलापानी खानेपानी योजना गत वर्ष नै फरफराक गरिएको भए पनि आफूहरुले काम गरेको पैसा नपाएकाले तालाबन्दी गरेको स्थानीय मजदुर डम्मरसिंह पन्तले बताए ।
आफूहरुको समस्या समाधानका लागि पटक पटक आग्रह गरेको भए पनि समस्या सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनले बताए । उनले भने ‘हामी काम गरेर खाने मान्छे हौँ । योजनाको भुक्तानी लिएर पनि हाम्रो पैसा दिएको छैन् । हामीले के गर्ने रु जनप्रतिनिधिहरुसँग पनि पटक पटक छलफल गर्यौँ । तर हाम्रो समस्या समाधान भएन् ।’
आफूहरुले काम गरेको वापतको दुई लाखको हाराहारी रकम नपाएको अर्का मजदुर कृतसिंह पन्तले बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
हाम्रो संरचना । १७ असार २०७६, मंगलवार ०८:५२