१० वर्षमा सम्भव ६८ लाख रोजगारी ! कति सम्भव ?

१७ असार, काठमाडौं /  वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस सुरु भएको छ । सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना नगरे नेपालले सहश्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्ने भएपछि त्यसबारे छलफल सुरु गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा रोजगारी सिर्जनाका लागि गर्नुपर्ने विभिन्न उपायबारे छलफल गरिएको छ ।

यतिखेर सरकार मात्र नभई नेपालका विकास साझेदारसमेत सहश्राब्दी लक्ष्य पूरा गर्ने अभियानमा छन् । अहिले भइरहेको प्रगतिलाई आधार मान्दै सरकारी अधिकारीहरुले सन् २०३० समम सहश्राब्दी लक्ष्य हासिल गर्ने दाबी गरिरहेका छन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।