१९ असार, काठमाडौं / एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।
प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
हाम्रो संरचना । १९ असार २०७६, बिहीबार ०७:२१