अति गर्मि र जाडो महसुस हुने नेपालगञ्जमा यस बर्ष अति बर्षाको रेकर्ड

२५ असार, नेपालगञ्ज/  बिगत २४ घण्टामा देशको सबैभन्दा बढि बर्षा नेपालगञ्ज क्षेत्रमा भएको छ ।
नेपालगञ्जमा १६३.६ मिलिमिटर बर्षा भएको छ ।

नेपाल सरकार जल बिज्ञान र मौसम बिभागको मौसम बिज्ञान पूर्वानुमान शाखाका अनुसार नेपालगञ्ज क्षेत्रमा अझै ३ दिन बर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार बिगत २४ घण्टामा दोस्रो धरानमा ९६.१ र तेस्रोमा धनकुटामा ७१.५ मिलिमिटर बर्षा भएको छ ।
त्यसै गरि बीरेन्द्रनगर सुर्खेतमा ५२.७, भैरहवामा ४७.२,दांगमा ४१.५ र धनगढीमा ३३.७ मिलिमिटर बर्षा भएको छ ।

नेपालगञ्ज क्षेत्र गर्मिमा अध्याधिक गर्मि र जाडोमा अध्याधिक जाडो महसुस हुने गरेकोमा यस बर्ष बर्षामा पनि कि बर्षा हुदै नहुने भएमा पनि अध्याधिक हुने गरेको तथ्यांकले देखाएको छ ।

हालैका बर्षहरुमा बाक्लो शहरी क्षेक्षहरुमा सानो पानी पर्दा पनि डुबानको समस्या झेल्नु परिरहेको छ । जग्गा दलाली तथा राज्यको बिभिन्न संरचनामा काम गर्ने निकायहरुका केही भ्रष्ट ब्यक्तीहरुले प्राकृतिक नाला, कुलकुलेसाहरु ब्यक्तीको नाममा गर्ने गराउने कार्यले ति प्राकृतिक पानिको बहाब बग्ने
नाला थुनिन जांदा शहरी क्षेत्रमा डुबानमा पर्ने गरेको पिडित ब्यक्तीहरुले जानकारी दिने गरेका छन ।