२५ असार,काठमाडौं/ नेपालको कुल जनसंख्या मध्ये आधाले मोबाइलबाट ब्रोडब्यान्ड इन्टरनेट चलाउने गरेको पाईएको छ ।
यसै वर्ष २०७६को वैशाख सम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभरका १ करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने गरेको पाइएको छ।
केन्द्रीय तथ्यांक विभागले गरेको कुल २ करोड ९५ लाख बराबरको नेपालको जनसंख्या प्रक्षेपणको आधारमा प्राधिकरणले यो तथ्यांक तयार पारेको हो। नेपालमा कुल जनसंख्याको आधारमा मोबाइल ब्रोडब्याण्डको पहुँचमा रहेको संख्या करिब आधा हो। समाचार गोरखापत्र दैनिकमा छ।
हाम्रो संरचना । २५ असार २०७६, बुधबार ०८:१८