ओखलढुंगाको मानेभन्ज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु,१७ घाइते

२५ असार,ओखलढुंगा/  ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडानम्बर ६ डडुवामा बुधबार बिहान बस दुर्घटना हुादा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन ।
मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी रहृका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान करिब साढे ३ बजेतिर सडकबाट करीब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते मध्ये गम्भीर ४ जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

घाइतेहरु मध्ये ७ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुको उदयपुरको घुर्मी स्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षक