जी नेपाल एचडी टेलिभिजन नेपालगञ्जबाट सञ्चालन

२५ असार, नेपालगञ्ज/ अवध मिडियाद्वारा संचालित जी नेपाल एचडी टेलिभिजन नेपालगञ्ज मंगलवारदेखि विधिवत रुपमा संचालन भएको छ ।
जी नेपाल एचडी टिभीले मंगलवार सुन्दरकान्त पुजा गरि विधिवत रुपमा टिभिको समुद्घाटन तथा प्रसाद ग्रहण कार्यक्रम गरि संचालनमा ल्याएको टिभीका एमडी आशिष कुमार गुप्ताले जानकारी दिनुभयो ।
राजधानी बाहिर पहिलो पटक सेटेलाईट सहितको सुविधा प्रदान गरिने उद्देश्यका साथ संचालनमा ल्याएको एमडी गुप्ताले जानकारी दिनुभयो ।
नेपालगञ्ज केन्द्रिय कार्यालय रहेको टिभीबाट नेपालको नेट टिभी, मेरो टिभी, क्लियर टिभी, म्याक्स टिभी, सिम टिभी, वाउ टाईम टिभी लगायतको च्यानलबाट प्रसारण सेवा प्रदान गरिरहेको टिभीका सामाचार प्रमुख तिलक गाउँलेले जानकारी दिनुभयो ।
प्रसाद ग्रहण तथा समुद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, संघका महासचिव अजय कुमार टण्डन, अधिवक्ता विजय गुप्ता, विश्वजित तिवारी राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, अधिकारकर्मी, समाजसेवी लगायतले पुजा तथा प्रसाद ग्रहण गरि टिभीको उत्तर उत्तर प्रगतिको शुभकामना सन्देश प्रदान गरेका गनर्’भएको थियो ।

सहभागिता सवैले टिभीको न्युज रुम, एमसिआर, रेकडिङ स्टुडियो, रिसेप्सन रुम, सभाहल लगायतको अवलोकन गरेका थिए । मंगलवार साँझा ५ बजेदेखि सुरु भएको सुन्दरकान्त पुजा राती ९ बजेसम्म चलेको थियो । पुजाको अवधिभर टिभीले लाईभ प्रसारण समेत गरेको टिवी बाट जानकारी दिनुभयोे

सम्बन्धित शीर्षक