२७ असार नेपालगञ्ज/ नेपालगञ्जबाट काठमाण्डौंका लागि उडेको यती एयरलाईन्सको जहाज अवरणको कमममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाण्डौंमा शुक्रबार बिहान ११.०५ बजे दुर्घटनामा परेको छ ।
नेपालगञ्जबाट २ जना बच्चा सहित ६६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान NYT प्लाईट नम्बर ४२२ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।
धावनमार्गको दक्षिणी क्षेत्र कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा डेल्टा नामको ट्याक्सी वे नजिककै धावनमार्गबाट चिप्लिएको हो । विमानमा सवार ६६ जना यात्रुहरु मध्ये २ जनाको घाईते भएका छन ।उनीहरुलाई उद्धार गरी सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। अन्य यात्रुहरु सकुशल रहेका छन ।
विमानस्थल प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्यगरिएको छ। रन वे मा दमकल तथा एम्बुलेन्स पुगेका छन ।
विमान चिप्लिएसँगै अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको को थियो । जसका कारण आकाशमा ४ वटा अन्तर्राष्ट्रिय विमानहरु होल्डमा रहेका छन । काठमाण्डौंमा वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २७ असार २०७६, शुक्रबार १२:०४