काभ्रेको बनेपामा पहिरोमा परेर २ जनाको मुत्यू, २ जना घाईते

File Photo : DPO Kavrya

२७ असार,काभ्रे/ काभ्रेको बनेपा नगरपालिका वडानम्वर ३ मा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लगातारको आएको वर्षापछि आएको पहिरोले स्थानिय राम प्रसाद दंगालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरोमा परेर राम प्रसादकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र नातिनी ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको प्रहरीले जानकारी दिएकोछ ।
उक्त पहिरोमा राम प्रसादकी बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रेका प्रहरी प्रमख जयराज सापकोटाले जानकारी दिनुभएको छ ।