२७ असार, काठमाडौं/ बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार सांझ सम्म गृहमन्त्रालयले दिएको मृतकको विवरण :
३ जनाको मृत्यु : कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु।
२ जनाको मृत्यु: भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु।
२ जनाको मृत्यु: काभ्रेको बनेपा नगरपालिका–३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु।
१ जनाको मृत्यु:ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु।
१ जनाको मृत्यु: रामेछाप नगरपालिका:५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु।
१ जनाको मृत्यु: पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु।
१ जनाको मृत्यु: महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु।
१ जनाको मृत्यु: सिन्धुलीको फिक्कल गाउँपालिका: १ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु।
१ जनाको मृत्यु: धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु।
२ जनाको मृत्यु: खोटाङ खोटेहाङ गाउँपालिका: २ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु।
१ जनाको मृत्यु: मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु।
हाम्रो संरचना । २७ असार २०७६, शुक्रबार २१:५०