नेपालगञ्जका सरकारी तथा निजि बैकमा भका-भक नक्कली सुन धितो राखेर करोडौं रकम ठगी

५ साउन, नेपालगञ्ज/ एउटा नाम कमाएको ब्यवसायिक राष्ट्रिय बैक सिटिजन्स नेपालगञ्ज शाखामा क्यासियर जिम्मेवारी सम्मादै आएकी नेपालगञ्ज रामनगर बस्ने ज्योति बि.क.ले केही फ्रड ग्राहक मार्फत नक्कली सुन धितो राख्दै भकाभक करोडौं निकालेर बैक ठगी काण्ड गरेको आरोप लागेको पाइएको छ ।

सिटिजन्स बैकले आर्थिक बर्षको अन्तीम मिति असार मसान्तमा करीब ९ करोडको रकम मिलान गर्न युवतीलाई दवाब दिएपछी अब बांकी रकम नतिर्ने बरु जेल जान तयार छु भनेपछी उक्त बिषय पुन: बल्झीएको बैक स्रोतले बताएको छ । उक्त बैक ठगी प्रकरण हाल अदालती प्रक्रियामा गएको छ ।

सिटिजन्स बैक ठगी आरोप लागेकी ति युवतीले उक्त रकम तिर्ने गरि उक्त केश प्रहरीले गुपचुप रुपमा मिलाएको भए पनी  हाल उक्त सबै रकम मध्य बांकी ३ करोड आफुले मात्र तिर्न नसक्ने र अन्य जिम्मेवार ब्यक्तीहरुले पनि भागीदारी हुनुपर्ने बताएपछी बैक ठगी काण्ड मामला बझीएको स्रोतले जानकारी दिएको छ ।

त्यसै गरि नेपालगञ्जमा रहेका बैकहरु मध्य एउटा पुरानो सरकारी बैक, बैक लिमिटेडको शाखामा क्यासियर कर्मचारी मार्फत १ सय २८ ग्राम धितो राखेको सुन अन्तीममा आएर भाखा नाघेर लिलाम प्रकिैयामा गलाउदा करीब ३२ ग्राम मात्र सुन पाप्त गरेको छ । कर्मचारी तथा फ्रड ग्राहक मिलेर सरकारी बैकलाई लाखौं चुना लगाउने गरेको घटनाको सानो नमुना काण्डले पनी पुष्ठी गरेको पाइएको छ ।