नेपालगञ्जमा नक्कली सुन धितो राखेर करोडौं बैक ठगी काण्ड : २ जना बैक म्यानेजर सहित ७ जनाको बयान जारि

७ साउन, नेपालगञ्ज/ सिटिजन्स बैक लिमिटेड  नेपालगञ्ज शाखामा बैकमा नक्कली सुन धितो राखेर बैकलाई करोडौं ठगी गर्ने १२ जना सुनार सहित १५ जना बिरुद्ध  अभियोग अनुसन्धान प्रयोजनका लागी  उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बयान जारि रहेको छ ।

जसमा सिटिजन्स बैक नेपालगञ्ज शाखाका प्रवन्धक,उक्त बैकमा ठगी काण्ड भएको उजुरी कर्ता समेत रहनुभएका सिटिजन्स बैक क्षेत्रिय प्रवन्धक, बैकको मुख्य अभियोगी क्यासियर र अन्य सुन राख्न, ओडी बनाउन आउनेहरु गरि १२ जना रहेका छन ।

उक्त ठगी काण्डको हाल थुनछेकको बयान /बहस उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास १ नम्बर बेन्च माननीय न्यायधिस बिष्णुदेब पौडेलको इजलासमा आरोपितहरुको  वयान क्रमश जारि रहेको छ ।

बैक ठगी काण्डमा अन्य रकम फिर्ता गरेपनि हाल बैक लाई तिर्न बांकी रकम ३ करोड २७ लाख रुपैया ठगी भएको आरोमा उक्त १५  जना  अनुसन्धानको दायरामा रहेको प्रहरील स्रोतले बताएको छ । बैक ठगी काण्डको बिषयमा उजुरी कर्ता स्वयमलाई नै उक्त बिषयमा बिपक्ष बनाएर अनुसन्धानको दायरामा ल्याईएको छ ।

बैक ठगी काण्डमा अर्को बिषेता भनेको  बैकमा सुन धितो राख्ने क्यासियर कर्मचारी ज्योती बि.क. देखी सुन धितो राख्न आउने, अन्य १२ जना सबै आरोपित फ्रड ग्राहक पनि सुनार नै रहेका छन ।

उक्त बैक ठगी काण्डमा प्रहरीले पक्राउ गरि अदालत समक्ष पेश गरेका ७ जना मध्य मंगलबार सम्म ४ जनाको बयान सकिएको र अन्य ३ जनाको बयान जारी रहेको छ ।