नेपालगञ्जमा नक्कली सुन धितो राखेर करोडौं बैक ठगी काण्ड : जनही २५ लाख धरौटी माग


८ साउन,नेपालगञ्ज/  सिटिजन्स बैक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौल सुन धितो काण्डमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले  बैंकका क्षेत्रिय प्रवन्धक सहित ७ जनालाई जनही २५ लाख धरौटी माग गरेको छ ।

सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको करोडौं ठगी काण्डमा बैंकका क्षेत्रिय प्रवन्धक विवेक, शाखा प्रवन्धक शंकर आचार्य, क्यासियर ज्योति सुनार,सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मा लगायत लाई मंगलबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनही २५ लाख धरौटी माग गरेको हो ।

करोडौं ठगी गर्ने मध्य बैकका क्षेत्रिय प्रवन्धक बिवेक माथी बैकको कागजात सुरक्षित नराखेको आरोपमा बिपक्ष बनाइएको र अन्य उक्त सुन काण्डमा मुक्षियका ब्यक्तीहरु रहेका छन ।  बैक कसुरमा आरेपितहरुलाई  खोजतलास गरिरहेकोमा ७ जनालाई प्रहरीले पक्राउ गरि  अदालत समक्ष पेश गरेको थियो ।

उक्त ठगी काण्डको  थुनछेकको बयान /बहस उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास १ नम्बर बेन्च माननीय न्यायधिस बिष्णुदेब पौडेलको इजलासमा उक्त बिषयले प्रबेश पाएको थियो।

सिटिजन्स बैक ठगी काण्ड जस्तै यस अघि बैंक लिमिटेडमा सुन कम तौल को काण्ड सार्वजनिक भईसकेको छ भने सोही प्रकृतिको बैंकमा ठगी काण्ड अन्य बैकहरुमा पनी भएको आशंका गरिदै आएको छ ।