नेपालगञ्जको बिपि चौक नजिक फर्निचर पसलमा भिषण आग लागि

 

२३ साउन, नेपालगञ्ज/  नेपालगञ्जको बिपि चौक नजिक बिहिबार राती फर्निचर पसलमा भिषण आगलागी भएको छ ।
नेपालगञ्जको सुर्खेतरोड स्थित बिपि चौक देखी उत्तर पूर्वी लाईनमा रहेका लस्करै फर्निचर पसलमा भिषण आग लागि भएको हो ।

बिहिबार राती  करीब ११ बजे सुरु भएको आगलागी राती १२ बजे सम्म अग्नी नियन्त्रकहरुले दमकलको सहायताले आगो निभाउन नसकेकोमा बर्दियाको गुलरियाबाट समेत दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास अबेर राती सम्म जारि रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागीबाट लाखौं बराबरका धनमालको नोक्सानी भएको छ ।

आगोले १४ वटा पसल जलेर नोक्सानी भएको छ ।

१. हिमालय स्टिल
२. सानिया स्टिल
३. स्टार स्टिल
४.वारसी स्टिल
५.बिन्देश्वरी फर्निचर
६.न्यू रुबी
७. प्रतापसिंहको फर्निचर
८.आलिया फर्निचर
९. अमन फर्निचर
१०.ए  वान फर्निचर

११. वावा फर्निचर. 

२. बाबा टेर्डस

१३ सरदार डेण्टल