बांकेको गाभरमा लाइन्सहरुको बृक्षा रोपन तथा सम्मान कार्यक्रम सम्पन्न

३२ साउन, गाभर/  भ्रमण बर्ष २०२० मा नेपालका घुम्नै पर्ने  स्थान मध्य एक स्थान ओगटन सफल रहेको बांकेको गाभर भ्यालीमा शनिबार लाइन्स क्लब इन्टरनेशनल एरिया नम्बर ६ को डिस्ट्रिक ३२५ बि२ को आयोजनामा बृक्षा रोपन तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ ।

पश्चिम नेपालको पबेश द्धारको रुपमा रहेको कोहलपुर नगरपालिकाको उत्तरी सिमाना सगै जोडिएको गाभर भ्यालीमा आन्तरिक प्रर्यटन प्रवद्धनका लाइन्स क्लब इन्टरनेशनल एरिया नम्बर ६ को डिस्ट्रिक ३२५ बि२ले स्थानिय बिभिन्न साझेदार संस्थाहरुको सहयोग तथा समन्वयमा एक भब्य पार्क निर्माण गर्दै गईरहेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाबाट समेत करीब १५ किलोमिटरको उत्तर नेपालगञ्ज–सुर्खेत सडक खण्ड रत्न राजमार्गसगै जोडिएको उक्त गाभर भ्यालीमा बिभिन्न साझेदार संस्थाहरुको सहयोग तथा लाइन्स क्लबहरुको सक्रियतामा निर्माण गरेको उक्त पार्कमा थप निर्माण कार्यहरु सग्ै एक भत्तय भ्यू टाउर पनि निर्माण कार्य भईरहेको छ ।

शनिबार गाभर भ्याली प्रयर्टन प्रवद्धन केन्द्ध स्थापनाका लागि सहयोग पु–याउने स्थानिय सामूदायिक बनका पदाधिकारी, समाज सेबी तथा पत्रकार कृष्ण चौधरीलाई समेत लाइन्स इन्टरनेशनलले दोसल्ला तथा प्रमाण पत्र दिएर सम्मान गरेको छ ।

बांकेको बैजनाथ गाउंपालिकाले पनि आफनो गाउंपालिका भित्रको प्रमुख प्रर्यटकिय गन्तब्यको रुपमा रहेको गाभर भ्यालीलाई गत बर्ष रु २५ लाखको बजेटमा गाभर पार्कको तारबार, करीब २ लाखमा खानेपानिका लागि लगानी गरेको छ ।
यस बर्ष अन्य आवश्यक संरचनाका लागि गाउंपालिकाले सक्दो सहयोग गर्ने गाउंपालिकाका उपाध्यक्ष तथा न्याययिक समितिका प्रमुख शारदा रेग्मीले सो कार्यक्रममा बताउनु भएको छ ।

कार्यक्रममा लाइन्स क्लब इन्टरनेशनल नेपालका पूर्व गर्भनर शेम शाक्यले समाज सेवाका भावनाले ओतपोत रहेको लाईन्स क्लबहरुले नेपालमा सामाजिक उत्तरदायित्व बोध गर्न र गराउनका लागि पनि निजि क्षेत्रहरुको समेत सहभागीतामा गाभर पार्क निर्माण हात हालेको बताउनु भयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बांके क्षेत्र नम्बर १ क बाट निर्बाचित प्रदेश सभासद कृष्णा के.सी.ले स्थानिय आवश्यताका आधारमा निजि क्षेत्रहरुको सक्रियतामा गरिने विकास निर्माण कार्यहरु स्थायी र श्रहानीय काम रहेको बताउदै गाभर पार्क निर्माणमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो ।

त्यसै गरि सो कार्यक्रममा लाईन्सबादीहरु मधुसुधन रिजाल,ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकाल लगायत ठुलो सख्यामा लाईन्स क्लब इन्टरनेशनलसंग सम्वन्धीत क्लबका पदाधिकारी तथा सदस्यहरु, स्थानिय सामूदायिक बनका पदाधिकारी तथा सदस्यहरु, बैजनाथ गाउंपालिक वडा नम्बर १ का वडा अध्यक्ष लगायत केही सञ्चारकर्मिहरुको समेत सहभागीता रहेको थियो । गाभर पार्कमा शनिबार नै बिभिन्न जातका फलफुल तथा अन्य जातका बृक्षहरु रोपिएका छन ।