भेरी अस्पतालमा मृगौलाका बिरामीको चाप: दक्ष जनशक्तीको अभावमा उपचारमा समस्या (रोग लागेको थाह पाउने र बच्ने उपाए सहित)

 

४ भदौं, नेपालगञ्ज/ पश्चिम नेपालको सबै भन्दा ठुलो र पुरानो सरकारी अस्पताल भेरीमा ५० जना भन्दा बढी मृगौलाका बिरामी डाइलोसिस गर्न आफनो पालो कहिल्य आउला भनेर कुरेर बस्नु भएको छ ।
मृगौलाको डाइलोसिस अर्थात सफाई नगरेमा मृगौलाले काम गर्न छोडने र सिधै मृत्यूको मुखमा पुग्ने भएकाले एकातिर डाइलोसिसको पालो नपाएर सिधै मुत्यूको मुखमा पुगियलाकी भन्ने चिन्ताका साथ भेरी अस्पतालमा मृगौंलाका बिरामीहरु आफनो पालो छिटो आईदेको भए हुन्थ्यो भन्ने आस गरेर बस्ने गरेका छन ।

भेरी अस्पतालमा कार्यरत मृगौला रोग बिज्ञ डाक्टर पारस श्रेष्ठका अनुसार भेरी अस्पतालमा मृगौंला रोगको मेशिनबाट लाइलोसिस गर्ने दक्ष जनशक्तीको अभावमा पनि हाल भएको थोरै जनशक्तीबाट भएर पनि २ सिफटमा गरेर हाल दैनिक ९ जना सम्म मृगौला बिरामीहरुको लागि डाईलोसिस गरिरहेको जनाकारी दिनुभएको छ ।

नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पनि नेपाल सरकारले मृगौलाका बिरामीको लागि डाइलोसिस सेवा गत बर्ष देखी सुरु गरेकोमा हाल ५० जना भन्दा बढी बिरामीले पालो–पालो डाइलोसिस अर्थात मृगौको मेशिनबाट सफाई गराई रहनुभएको छ ।

मेशिनबाट मृगौलाको सफाई अर्थात डाईलोसिस गर्ने कार्य निजि क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा मंहगो पर्ने गरेकाले सरकारी अस्पतालहरुमा डाईलोसिस सेवा क्षेत्र बिस्तार गर्नुपर्ने र हाल सञ्चालमा रहेको केन्द्रहरुमा पनि दक्ष जनशक्ती अभावले काममा समस्या उत्पन्न गरेको डाक्टर पारस श्रेष्ठको अनुभव रहेको छ ।

मंगलबार मात्र बांकेको खजुराका ३० बर्षिय अमित दर्जीले करीब ९ महिना पछी भेरी अस्पतालमा आफना दुबै मृगौलाको डाईलोसिस गर्ने पालो पाएका छन । आर्थिक अवस्था कमजोर भएका दर्जिले सके सम्म सरसापटी गरेर बिभिन्न ठाउंमा उपचार गराईरहेकोमा मंगलबार भेरीमा ९ महिना पछी पालो पाईएकोमा बांच्ने आसा जागेको बताउनु भयो ।

हाल सामन्य हिडडुल मात्र गर्न सक्ने दर्जीको मृगौला अत्यन्तै नाजुक अवस्थामा रहेकाले मृगौला प्रत्याोपन गर्नुपर्ने अवस्था रहेको डाक्टरले सल्लाह दिएको पिडित पक्षले जानकारी दिएका छ ।

भेरी अस्पालतमा यस्था मृगौला पिडितको संख्या दिनहु बढीरहेको जस्मा ३० देखी ६० बर्ष सम्मका ब्लड प्रेसर र सुगरका बिरामी अत्याधिक मात्रामा रहेको डाक्टर श्रेष्ठले जानकारी दिनुभएको छ ।

नेपालमा कुल जनसंख्याको १० देखी १३ प्रतिशत अर्थात करीब २७ लाख मानीसमा कुनै न कुनै रुपले मृगौलाका बिरामी रहेको बिश्व सस्थ्य संगठनको एक अध्ययनले जनाएको छ ।
उक्त अध्ययनले बिश्वभर करीब १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट पिडित छन् ।

मृगौलाको काम

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मृगौलाको मुख्य काम हो । यस बाहेक मृगौलाले हर्मोन उत्पादन गर्छ ।
रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मृगौलार फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मृगौलाको हो ।

–रगतलाई स्वस्थ्य राख्छ, स्वडियम, पोटासीयम, म्याग्नेसियम र फस्फोरसलाई सन्तुलित राख्छ ।
–रेनिन नामको इन्जाइम उत्पादन गर्छ जसले उच्चरक्तचाप नियन्त्रण गर्छ ।
–हड्डीलाई अतिआवश्यक भिटामिन डी उत्पादन गर्छ जसले हडड्ी बलियो बनाउँछ ।
–खानामा भएको काम नलाग्ने कुरा केमिकल र मेडिसिन पिसाबबाट बाहिर निकाल्छ ।
–यसले रोग प्रतिरोधात्तमक क्षमता वृद्धि गर्छ ।

यस कारण मृगौला रोग लाग्छ

–शशीरमा पानीको मात्र कम हुँदा
–निरन्तर झाडापखाला लाग्दा वा बान्ता हुँदा
–अत्याधिक गर्मीमा काम गर्दा वा बस्दा
–तत्काल दुखाई कम गर्ने एन्टीबायोटिक औषधीको बढी लिदा
–अरिङ्गाल वा विच्थ्छिले टोक्दा

मृगौला रोगका लक्षण

–पिसाब धमिलो हुने
–धेरै पटक वा कम पिसा लाग्ने
– रिङ्गटा लाग्ने, लगातार वालवाकी आउने वा झाडा लागिरहने
–हात खुट्टा सुन्निने
–छातीको पछाडिपट्टीको भाग सुन्निने
–भोक नलाग्ने वा बढी भोक लाग्ने
–कुनै पनि रोग लाग्यो भने लामो समयसम्म निको नहुने
– छाला चिलाउने ।शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
– खाना रुची कम हुने, वाक वाक लाग्ने ।
– शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
– शरीरको छाला गाढा कालो भएर जाने ।
– सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।
– सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ

रोगको रोगथाम

–सर्वप्रथम मृगौला रोग लाग्न नै दिनु हुदैन् ।
–मृगौलामा ९० प्रतिशत रोग लागिसक्दा पनि थाहा नहुँने भएकोले प्रत्येक वर्ष परीक्षण गराउनुपर्छ ।
–मधुमेह वा उच्चरक्त चापबाट बच्नुपर्छ ।
–स्वस्थ्य व्यक्तिले पनि कम्तिमा बर्षको एक चोटी मृगौलाको परीक्षण गर्नु पर्छ ।
–प्रशस्त सफा पानी पिउनुका साथै जथाभावी औषधी सेवन गर्नुहुँदैन् ।
–धुम्रपान तथा मद्यपानबाट टाडै रहनुपर्छ ।
–पोषणयुक्त संयमित आहार खानुपर्छ ।
–नियमित व्यायम गर्नुपर्छ ।
–बच्चामा प्रत्येक पटक ज्वरो आउँदा पिसाब चेक गराउनुपर्दछ ।
–विभिन्न परिस्थितिमा एउटा मृगौला झिक्ने गर्दछन, कत्तिपय मानिसले सकेसम्म मृगौला झिक्नु हुँदैन । झिक्नु परे चिकित्सकको सल्लाहा बमोजिम सावधानी अपनाउनुपर्छ ।
–मृगौला रोग लागि हाल्यो भने चिकित्सकको सल्लाहा बमोजिम औषधी सेवान गर्नुपर्छ ।

मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?

– मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं ।
– मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं ।
– प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं ।
– डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायु हुने गर्दछन् ।
– अगंदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।